काठमाडौं । अन्तर्राष्ट्रय वित्त निगमले ‘साइकोमेट्रिक स्कोरिंग सेलुशन’ कर्जा सूचना केन्द्र लिमिटेडलाई हस्तान्तरण गरेको छ । आज (विहिबार) एक कार्यक्रमकाबीच ‘साइकोमेट्रिक स्कोरिंग सेलुशन’ हस्तान्तरण गरेको हो ।
नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको हो । यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुने डेपुटी गभर्नर वम बहादुर मिश्रले जानकारी दिए ।
यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने मिश्रले अपेक्षा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्