काठमाडौं । आज मन्त्रिपरिषद्को बैठकमा राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा ४ नियुक्त गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको बैंठकमा समसामयीक राजनीति लगायत अन्य विषयमा छलफल गरी राष्ट्रिय योजना आयोगको रिक्त पदमा ४ जनालाई नियुक्त गरेको हो ।
बैठकले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा.संगीता सिंह, डा कुसेन्द्रबहादुर महत, प्रा.शिवराज अधिकारी र डा. अरनिको कुमार पाँडे लाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्