Shikhar Insurance
National Life

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा २७.७५ प्रतिशत, डुब्ने जोखिम बढ्यो

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको खराब कर्जा अधिक देखिएको छ । बैंकको चालु वर्षको पहिलो ६ महिनामै एनपीएल २७.७५ प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार  विकास बैंक मध्ये नारायणीको खराब कर्जा सबैभन्दा बढी पुगेको हो । यो बैंकमा समस्या भने पहिलो पटक आएको होइन । यसभन्दा अघि पनि बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त बैंक घोषणा गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नारायणीले ६ महिनामा कुल निक्षेप ५२ करोड ५२ लाख ५४ हजार संकलन गरेको छ । यस्तै ४७ करोड ९० लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९४.५० प्रतिशत कायाम छ ।

नेट लिक्वीडीटी २८.६५ प्रतिशत रहँदा वैधानिक तरलता सुविधा (एसएलआर) २४.६७ प्रतिशत छ । आधार दर (बेस रेट) १२ प्रतिशत कायम रहँदा स्प्रेड रेट ५.९६ प्रतिशत छ ।

वित्तिय अवस्था निकै खराब रहेको यस बैंकको सेयर बजारमा बिहिबार (चैत ८ गते) प्रतिकित्ता ४ सय पैंतिस रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै प्रोमोटर सेयरको मूल्य २१७ रुपैयाँ छ ।

यस्तै, खराब कर्जाको दोस्रो नम्बरमा सप्तकोशी विकास बैंक लिमिटेड परेको छ । बैंकको खराब कर्जा १४.१६ प्रतिशत पुगेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्