Shikhar Insurance
National Life

कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७ सय २१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले भञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको ३ लाख ४ हजार १ सय १८ कित्ता र टिका कुमारी खड्काको नाममा रहेको ६ सय ३ कित्ता सेयर बिक्री खुल्ला गरेको हो । विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक विद्यमान सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा आईपुग्ने गरी निवेदन पेश गर्नु पर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्