Shikhar Insurance
National Life

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा, यस्ता छन् मूल्य र फिचर्स

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्ट बजारमा उपलब्ध भएको छ । कम्पनीले १७ हजार ९ सय ९९ रुपैयाँ रहेको रियलमी बजारमा सार्वजनिक गरेको हो ।

५० मेगापिक्सलको (एआई) पछाडिको मूख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । ५ हजार एमएएचको ब्याट्री रहेको यस स्र्माटफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्येको एक रहेको दाबी गरेको छ भने यस स्मार्टफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।

युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्