Shikhar Insurance
National Life

लागूऔषध नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १७:५१
Hyundai
NCELL
NIMB

झापा । जिल्लामा लागूऔषध कारोबार र प्रयोग गर्नेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध दुव्र्यसन न्यूनीकरणमा अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाइएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रहरीले स्थानीय तहसँग समन्वय गरेर लागूऔषध नियन्त्रण, रोकथाम र अनुसन्धानलाई प्रभावकारी रुपमा काम गरिरहेको छ उनले भने तर पछिल्लो समय किशोरकिशोरीहरु लागूऔषध प्रयोगसँगै कारोवारमा समेत संलग्न बढी देखिए । यसलाई रोक्न अभिभावकसँगै साझेदारी सुरु गरेका हौँ ।

उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि फागुन मसान्तसम्ममा नौ सय सात जना लागू औषध कारोबारी पक्राउ परेका छन् । जसमध्ये पाँच सय ८० वटा मुद्दा दर्ता भएका छन् ।

सो समयावधिमा पुरुष आठ सय १९ र महिला ८८ जना महिला पक्राउ गरिएको छ । लागुऔषध कारोवारमा महिलाको सङ्ख्या पनि बढिरहेको पाइएको छ । जिल्लामा लागूऔषधमा सबैभन्दा धेरै कारोवार र प्रयोग हुनेमा ब्राउन सुगर रहेको तथ्याङक छ । आव २०७८÷७९ देखि चालु आवको हालसम्म करिव पाँच केजी ब्राउन सुगर बरामद गरेको प्रहरीको भनाइ छ ।

उपरीक्षक केसीले जिल्लाका मुख्य सहरहरु विर्तामोड, काँकरभिट्टा, दमकलगायत ग्रामीण क्षेत्र र विद्यार्थीहरुसँग लागूऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिरहेको बताए । उनले लागूऔषधकै कारण जिल्लामा अपराधिक घटना समेत बढ्दै गएको बताए ।

जिल्लामा हत्या हिंसा, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता घटना नियन्त्रण गर्ने हाम्रो उद्देश्य हो उपरीक्षक केसीले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्