Shikhar Insurance
National Life

युनाइटेड मोदी हाइड्रो पावरको कारोबार ६ महिनामै १६ करोड ३० लाख

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडले ६ महिनामा १६ करोड ३० लाख बराबरको व्यापार गरेको छ । कम्पनीको अपरिस्कृत विवरण अनुसार गतवर्ष भन्दा व्यापार बढ्ने देखिएको हो ।

सन् २०२३ मा कम्पनीले साढे २९ करोडको कारोबार गरेको थियो । यस्तै, सन् २०२२ मा २५ करोड ४० लाखको व्यापार गरेको थियो । सन् २०२१ मा २८ करोड ८० लाखको व्यापार गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सन् २०२१ मा ३.७६ प्रतिशत ब्याज कभरेज रेसियो रहेकोमा सन् २०२२ मा आईपुग्दा १.५६ प्रतिशत रहेको थियो, भने २०२३ मा १.७९ प्रतिशत र २०२४ मा २.२८ प्रतिशत रहेको छ ।

कम्पनीसँग पर्वत कुस्मा-८ स्थित ९.९ मेगावटको तल्लो मोदी १ जलविद्युत परियोजना संचालनमा छ । कम्पनीले मेवा हाइड्रोपावर कम्पनीमा पनि लगानी गरेको छ । ५० मेगावटको यो आयोजना निर्माणाधीन अवस्थामा छ । यस आयोजनाको ६७ प्रतिशत काम सकिसकेको छ । आयोजना २०२५ फेब्रुअरी भित्र सम्पन्न हुने अपेक्षा कम्पनीको छ ।

२०२३ को विवरण अनुसार कम्पनीको प्रमुख सेयरधनीहरुमा आशिष थापा ३ प्रतिशत, सुधीरप्रसाद तिमिल्सिना २ प्रतिशत र अर्जुन अधिकारी २ प्रतिशत रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्