काठमाडौं । आर एण्ड आर होटल एण्ड रिसोर्ट प्राईभेट लिमिटेडको व्यापारमा क्रमश उकालो लागेको छ । चौधरी ग्रुपको लागनी रहेको होटेलको व्यापार निरन्तर उकालो लागेको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार होटेलले सन् २०२३ मा ३३ करोड २ लाख व्यापार कारोबार गरेको हो । यो सन् २०२२ को तुलनामा ४४.३४ प्रतिशत अर्थात् १० करोड २ लाखले बढी हो । अघिल्लो वर्ष (सन् २०२२) मा कम्पनीले २३ करोड रुपैयाँ कारोबार गरेको थियो ।
कम्पनीले सन् २०२० मा १७ करोड व्यापार गरेको थियो । २०२१ मा कम्पनीले जम्मा ९ करोड १ लाख रुपैयाँ मात्र कारोबार गरेको थियो । होटेललाई ‘विभान्ता काठमाडौं’ को नामले पनि चिनिन्छ ।
आर एण्ड आर होटलले भारतीय होटल कम्पनी लिमिटेड (आईसीएचएल)सँग सम्झौता गरेको थियो । सम्झौताले भिभान्ता ब्रान्डको प्रयोगका लागि आर एण्ड आरलाई अनुमति दिएको थियो । यी दुई कम्पनी संयुक्त उद्यम हो, जस्ले होटल व्यवसायीहरुलाई समर्थन गर्नको लागि बलियो प्रमोटरहरुको प्रोफाईल प्रदान गर्छ ।
आर एण्ड आर होटल सन् २०१४ मा स्थापित कम्पनी हो, जुन चौधरी समूह र आईजे समुहबीचका संयुक्त लगानी छ । यो चार तारे स्तरको होटेल हो ।
प्रतिक्रिया दिनुहोस्