काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।
सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीका सञ्चालकहरुको उपस्थिति रहेको थियो । गत सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितको अध्यक्षमा चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्