काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार झिंनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
झिंनो अंकले बजार घटेपनि बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड कारोबार भएको छ । आज कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ४ सय ९३ रुपैयाँ रहेको छ ।
साथै, शिवम सिमेन्ट, गोर्खज फाइनान्स लिमिटेड, हिमालयन रि इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्