Shikhar Insurance
National Life

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकम ३ अर्ब ४९ करोड

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर किबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै सोनापुर मिल्सको कारोबार भएको छ । आज कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ४ सय ९३ रुपैयाँ रहेको छ ।

साथै, आज १४७ कम्पनीको सेयर मूल्य घट्दा ९४ कम्पनीको बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने बोर्टस नेपाल बालाजुको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्