काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३.३४ अंकले घटेरमा २०६३.९५ अंकमा पुगेको हो ।
आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ कारोबार भएको छ ।
बुधबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । गुँरास फाईनान्स लिमिटेड, बुद्ध भूमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयरमा सर्किट लागेको छ ।
साथै, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९४, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.२८ प्रतिशत सहित १२४ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्