Shikhar Insurance
National Life

‘विशेष परिस्थिति घोषणा गरेर सडक दुर्घटना न्यूनीकरणमा जुटौँ’ सांसद

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न विशेष परिस्थिति घोषणा गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसदहरुले सडक सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।

सांसद बिमला घिमिरेले सडक दुर्घटनाका समाचार दिनप्रतिदिन बढ्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाका घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनप्रतिदिन बढ्दो दुर्घटनाले हाम्रा सडक कति असुरक्षित छन् भन्ने देखाएको छ । जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको छ उनले भने सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिन आग्रह गर्दछु ।

सांसद जयन्ती राईले सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग आग्रह गरे । सांसद कृष्णबहादुर रोकायले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मायाप्रसाद शर्माले सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

सांसद मोहम्मद खालिदले सडक दुर्घटनाबाट हुने मानवीय क्षति डरलाग्दो भएको उल्लेख गर्दै साँघुरा सडक, सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको बताए ।

सांसद तुलप्रसाद विश्वकर्माले देशव्यापी रुपमा सडक दुर्घटनाका घटना वृद्धि भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्