Shikhar Insurance
National Life

रुकुमपश्चिममा किसानले उत्पादन गरेको बीउले बजार नपाए पनि वृद्धि

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १३:०२
Hyundai
NCELL
NIMB

रुकुमपश्चिम । पछिल्लो सयम रकुम पश्चिममा तरकारीको बीउ उत्पादन बढ्दै गएको छ । किसानले उत्पादन गरेको बीउले बजार नपाएको गुनासो आए पनि उत्पादनमा भने वृद्धि भएको जिल्लास्थित कृषि विकास कार्यालयले जानकारी गरेको हो ।

जिल्लामा वि.सं २०३५ देखि तरकारीको बीउ उत्पादन सुरु भएको थियो । केही समय उत्पादनमा कमी आएकामा पछिल्लो केही वर्षयता जिल्लामा तरकारीको बीउ उत्पादन गर्ने किसानको सङ्ख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको कार्यालयका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार मुख्य गरी मुसीकोट नगरपालिका–३ माछमी र १३ नं वडाको सानचौरमा बीउ उत्पादन प्रशस्तै हुने गरेको छ । चौरजहारी नगरपालिका तथा त्रिवेणी र सानीभेरी गाउँपालिकाका केही भूभागमा पनि उत्पादन हुने गरको निमित्त प्रमुख केसीले जानकारी दिए । यहाँ मुला, प्याज, चम्चुर, काउली, सलगमलगायत ११ किसिमका तरकारीका बीउ उत्पादन हुने गरेको उनको भनाइ रहेको छ ।

जिल्लामा उत्पादिन बीउ दाङ, पोखरा, काठमाडौंसम्म बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा एक सय ११ मेट्रिकटन बीउ जिल्ला बाहिर बिक्री गर्दा यहाँका किसानले रू सात करोड आम्दानी गरेका केसीले जानकारी दिए । चालु आवमा पनि मनग्य उत्पादन भएकाले आम्दानी पनि राम्रो हुने अपेक्षा लिइएको उनले बताए ।

जिल्लामा तरकारी बीउ उत्पादनसँगै बजारीकरणको समस्या नभएपनि किसानले भनेजस्तो मुल्य पाउन नसक्नु मुख्य समस्या रहेको निमित्त प्रमुख केसीको भनाइ छ । उक्त समस्या समाधानका लागि कृषि विकास कार्यालयले विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने योजना बनाइरहेको उनले बताए ।

यहाँ बीउ उत्पादन वृद्धि भए पनि राम्रो मुल्य पाउन नसकेको मुसीकोट–३ का मुला बीउ उत्पादक नन्दराम केसीले बताए । कृषकलाई प्रोत्साहन गर्न सरकारले चासो नदेखाएको गुनासो गर्दै प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने, बजारीकरणको व्यवस्थापन गर्नुपर्ने जानकारी दिए ।

किसानले उत्पादन गरेको बीउको मुल्य बढ्ने र बजारीकरणको राम्रो व्यवस्था भए काम गर्न कुनै समस्या थिएन”, कृषक केसीले भन्नुभयो । स्थानीय सरकारले किसानका लागि कृषि अनुदानको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्