Shikhar Insurance
National Life

वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जान्छः प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १८:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने बताएका छन् । मंगलबार सत्तारुढ दलहरुको न्युनतम साझा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ दलहरुले न्युनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्ने बताए । उनले न्युनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नयाँ सत्ता समीकरण र संकल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अफ्ठ्यारोमा जाने बताए । उनले सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिए । उनले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताए ।

उनले भने यो कार्यक्रमको घोषणा भन्दा कार्यान्वयनमा बढी जोड दिनुपर्छ । हामीले कार्यक्रम र नीति भाषामा कस्तो बनायौँ भन्नेकुरा भन्दा ठूलो कुरा हामी अब व्यवहारमा जनतालाई डेलिभरी दिने हिसाबले कति जिम्मेवारीवोध गरी, कति गम्भीरता र तत्परताका साथ अघि बढ्छौँ भन्नेकुराले कार्यक्रम र समीकरणको औचित्यलाई पुष्टि गर्दछ ।

यो समीकरण र यो संकल्पले पनि जनतामा नयाँ आशा जगाउन सकिएन भने र विकासलाई गति दिन सकिएन भने साँच्चै नै देश अफ्ठ्यारोमा जाने खतरा छ । हिजोका हाम्रो घोषणा र आजको घोषणा हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ ।

अब हामी सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनको निम्ति, विकास र समृद्धिको नयाँ यात्रा हामीले आरम्भ गर्दैछौँ भनेर सेवा प्रवाह गर्नका निम्ति विशेष अपिल गर्न चाहन्छु । म प्रधानमन्त्रीको हैसियतमा सबै मन्त्रालय र सबै निकायहरुलाई निर्देशन दिन चाहन्छु । अब फेरि एक पटक हामीले कामद्वारा, परिणामद्वारा सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्नुछ । त्यसमा नै यो समिकरणको र यो संकल्प प्रश्तावको औचित्य रहेको छ ।

हामी एउटा नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएका छाैँ । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी छ । हामीले त्यसलाई बिस्तारै सकारात्मकतातिर लैजानु छ ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताए । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी रहेको बताए ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्