Shikhar Insurance
National Life

सहकारी प्रकरणमा प्रमाण भेटिए रविमाथीको कारबाही कसैले रोक्न सक्दैन : प्रम दाहाल

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं। सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको कुनै संग्लनता नभेटिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा प्रतिपक्षी दल नेपाली काँग्रेसले सोधेको प्रश्नको जवाफ दिदैं दाहालले अहिलेसम्म कुनैपनि प्रमाण नभेटेको बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको गृहमन्त्री नियुक्ति विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेपछि उत्तर दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रम दाहालले भने ‘हालसम्मको अनुसन्धानमा सहकारीको उहाँ (रवि लामिछाने) संचालक समिति, ऋण समिति, लेखा समिति र कर्मचारी लगायत कुनैपनि भुमिकामा नरहेको देखियो । अदालतको विचाराधिन मुद्दामा पनि देखिएन ।सुर्यदर्शन सहकारीको २०८० साउनमा १ हजार पिडितहरुले गरेको उजुरीमा पनि उहाँको नाम छैन । प्रहरीले बुझाएको प्रतिवेदनमा १९ जना विरुद्ध मुद्दा दायर भएको छ यसमा पनि उहाँको नाम छैन ।’

उनले थपे ‘मुल उजुरी परेको ६ महिनापछि पुरक उजुरी दिएको थियो । जसमा माननिय रवि सहित १८ कम्पनीलाई विपक्षी बनाई गरिएको जाहेरीमा कुनैपनि प्रमाण पेश गरिएको छैन । यस्तो जाहेरी दर्ता नहुदाँ पनि हुन्छ। उहाँको नाममा प्रवाह भएको ऋण फर्च्यौट भैसकेको छ ।’

यदी अनुसन्धानको क्रममा कुनै कैफियत भेटे रविमाथीको कारबाहि कसैले रोक्न नसक्ने प्रम दाहालको भनाई छ । मुद्दा दर्ता भैसक्दासम्म कुनै उजुरी परेको छैन । ठाडो उजुरी पर्ने बित्तिकै राजिनामा दिने सहमति गर्न नसकिने प्रम दाहालको तर्क छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्