Shikhar Insurance
National Life

सीएनआईले दुई दिने ‘महिला नेतृत्व कृषि’ सम्मेलन चितवनमा गर्दै

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १५:४९
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा ‘महिला नेतृत्व कृषि सम्मेलन-२०२४’ गर्ने भएको छ । सम्मेलन चैत १७ र १८ गते चितवनमा गर्ने भएको हो ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दीगोपन र उद्यमशीलता मुल नाराका साथ आयोजना हुने सम्मेलनको मूख्य उद्देश्य कृषि क्षेत्रमा महिलाको उद्यमशीलता बढाउनु रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फोरमले कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बिषयमा यो आयोजना केन्द्रीत रहेको अग्रवालले बताए । सम्मेलनको समुद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले गर्ने बताए ।

महिला नेतृत्व फोरमका सभापति छायाँ शर्माले कृषि क्षेत्रमा महिलालाई नेतृत्व तहसम्म पुर्‍याउने कार्यक्रमको एजेण्डाहरु रहेको बताईन् । कार्यक्रममा निर्वाहमुखीलाई कसरी व्यवसायीकरण गर्ने, कृषिलाई कसरी व्यवसायी बनाउँने भन्नेबारे छलफल गर्ने शर्माले बताईन् । उनले भनिन्, ”कृषिमा युवाहरुको जनसंख्या बढाउन यो दुई दिने कार्यक्रम आयोजना गरेको हो । अहिले नेपालमा अरबौको खाद्यन्नहरु आयात भईरहेको छ । कृषि क्षेत्रलाई अगाडि बढाएर आयातलाई कम गर्न यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने छ । कार्यक्रममा ५ सय भन्दा बढी मानिसहरु सहभागी हुने अनुमान छ ।”

सबैभन्दा बढी ऋण लिने र कर तिर्ने मानिसहरु चितवन मै रहेको र यस्ता कार्यक्रमहरु चितवनमा नै खाँचो रहेको उनले बताईन् । सम्मेलनको सहयोगी संस्थाहरूमा यूएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एग्री नेपाल, शिखर इन्स्योेरेन्स रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्