काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ मा पुगेको हो ।
आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्टिम-२ को ७.०८ प्रतिशत, पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको ६.९१ प्रतिशत सहित १५६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्