Shikhar Insurance
National Life

रविले गरे सीडीओहरुको सरुवा, को कहाँ पुगे ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १३:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विभिन्न सिडीओहरुको सरुवा गरेका छन् ।  गृहमन्त्रालयले अध्यागमन विभागमा फागुन ६ गते तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग रिक्त रहेको थियो । गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका कोषहरि निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको हुन् ।

त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई सह सचिब बनाइ पठाइएको छ । गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ध्रुबहादुर खड्का संखुवासभामा, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्ध बहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

साथै, रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइ पठाएको छ ।

यसैगरी विभिन्न विभाग र कार्यालयमाहरुमा पनि नयाँ जिम्मेवारी तोकेर सरुवाहरु गरिएका छन् । कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्