Shikhar Insurance
National Life

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको छ भने अघिल्लो दिन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा बजारमा कारोबार भएको जानकारी दिएको छ । सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्