काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी नारायणबाबु लोहनी, माया गुरुङ, चिन्त बहादुर गुरुङको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेका छन् । संस्थापक सेयरधनीहरुलाई आवेदन नपरेको खण्डमा कम्पनीले प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
सेयर खरिद गर्न ईच्छुक सेयरधनीहरुले सुचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजात सहित संस्थाको केन्द्रीय कार्यालय न्युरोडमा आईपुग्ने गरी निवेशन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्