काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी निरज श्रेष्ठको नाममा रहेको १ लाख ४० हजार ९ सय ६३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद बिक्रीको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिभित्र कम्पनीको सेयर रजिष्ट्रार, प्रभु क्यापिटल लिमिटेड, काठमाडौं वा कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा कानुन बमोजिम कम्पनीले व्यक्ति, कम्पनी वा अन्य संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्