Shikhar Insurance
National Life

टेलिकमले ल्यायो एनटी फाइबरमार्फत दैनिक मोबाइल डाटा प्रयोग गर्न सकिने अफर

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १६:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रयोग गर्दा दैनिक मोबाइल डाटा प्रयोग गर्न सकिने अफर सार्वजनिक गरेको छ । टेलिकमले एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध गर्न सकिने अफर सार्वजनिक गरेको हो ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले उपयोग गर्न सकिनेछ । वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १ सय एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६ सय एमबी र ८ सय एमबी डाटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, १ सय ५० एमबीपीएस र २ सय एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९ सय एमबी र १ हजार एमबी डाटा प्रयोग गर्न सक्नेछ । एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्