Shikhar Insurance
National Life

मन्त्री अर्याल र निर्देशक ओज्कानबीच भेटवार्ता, के-के भयो कुराकानी ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १६:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच चैत्र ५ गते (आज) भेटवार्ता भएको हो ।

भेटका अवसरमा निर्देशक ओज्कानले मन्त्री अर्याललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । मन्त्री र निर्देशकले नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनका बीचमा भएका सहकार्यको स्मरण गर्दै हासिल भएका प्रगति उपर सन्तोष व्यक्त गरे । उक्त अवसरमा हालै केन्द्रीय श्रम सल्लाहकार परिषद्बाट स्वीकृत भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धी तथा प्रोटोकलहरुलाई अनुमोदन गर्ने सम्बन्धी कार्ययोजना, गन्तव्य मुलुकहरुसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता, अन्तर्राष्ट्रिय श्रम संगठनमा गर्नुपर्ने नियमित र आवधिक प्रतिवेदन लगायतका विषयमा भएको प्रगति उपर छलफल गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भईरहेको औपचारिकीकरणसम्बन्धी कार्ययोजना, रोजगार सेवा केन्द्रहरुको सुदृढीकरण, वाध्यकारी श्रम तथा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी बिविध विषयमा छलफल गर्नुका साथै यी क्षेत्रमा दुई पक्षबीच सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

भेटमा आसन्न अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने विषयमा समेत छलफल भएको छ । सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी (सामाजिक न्यायको लागि ग्लोबल गठबन्धन) मा नेपालको सहभागिताको विषयमा निर्देशक ओज्कानले चासो व्यक्त गरेका थिए । सरोकारवालाहरुको छलफल तथा अन्तरक्रियाबाट सकारात्मक रायरसहमति प्राप्त भईसकेको सन्दर्भमा नेपाल सहभागी हुने सम्बन्धी आवश्यक प्रक्रिया शुरु भईसकेको अर्यालले जानकारी दिए ।

भेटका क्रममा गन्तव्य मुलुकमा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गर्दै बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र आयमूलक बनाउने सम्बन्धमा सहकार्य गर्ने प्रतिवद्धता दुबै पक्षले व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका मापदण्डहरुको आन्तरिकीकरण मार्फत् नेपालभित्रै मर्यादित श्रमको वातावरण सिर्जना गर्दै उत्पादनशील रोजगारी सिर्जना गर्न सहकार्य गर्ने भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्