Shikhar Insurance
National Life

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छ : गृहसचिव अर्याल

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १५:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताएका छन् । आज नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा उनले विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्ने बताएका हुन् ।

उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवं नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक काम गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरुको समाधानका लागि सबै प्रहरी कर्मचारीहरुको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गरे । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउँदै भने,“समग्र गृह प्रशासनलाई समसामायिक हिसाबमा रुपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौँ । जनताहरु पनि सन्तुष्ट भएको अवस्था छैन । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरुमा गृह प्रशासनमा नयाँ ढङ्गले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्यालले प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा तथा वृत्ति विकासमा साङ्गठानिक प्रणालीअन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरुको पिरमर्का, गुनासोहरुको सम्बोधनका लागि सम्बन्धित कार्यालय प्रमुखहरु क्रियाशील हुनुपर्नेमा जोड दिए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोहीअनुरुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गरे ।

यसैगरी उनले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउनुहुँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए । नैतिकवान् र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उनले भने,“राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।” गृहसचिव अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।

निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै उनले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘भौतिक सबुद सङ्कलन र संरक्षणसम्बन्धी दिग्दर्शन’ पुस्तक विमोचन गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्