काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेकनो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३.२७ अंकले बढेर २०७३.५३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार सबैभन्दा धेरै गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ८ सय ६३ रुपैयाँ रहेको छ ।
साथै, शिवम सिमेन्ट, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर, घोराहि सिमेन्ट, गोर्खज पिपुल्स पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्सका सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्