Shikhar Insurance
National Life

प्रमूख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध २ लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध रु तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ईशनाथ–५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इस्टिमेट विपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्