Shikhar Insurance
National Life

उद्योगमन्त्री भण्डारी र युएसपिटिओका निर्देशक भिडेलबीच छलफल

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १४:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युएसपिटिओका निर्देशक क्याथरिन के भिडेलबीच छलफल भएको छ । मन्त्री भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिसका निर्देशक भिडेलबीच आज मन्त्रालयमा छलफल भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटिओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ । नेपालले विश्व व्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योगमन्त्री भण्डारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“हामीले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार(ट्रिप्स)सम्झौताको धारा ६६.२ र लाभको बाँडफाँडमा पहुँच सम्बन्धी नागोया प्रोटोकलअनुसार लाभ लिने सम्बन्धमा अमेरिकी सरकारबाट निरन्तर सहयोगको अपेक्षा राखेका छौं”, उनले भने । यस क्षेत्रमा रहेका सम्भावना र अवसरबाट लाभ लिन नेपालले बौद्धिक सम्पत्ति नीति बनाएको तथा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन प्रतिस्थापन गरी औद्योगिक सम्पत्ति कानून निर्माणमा लागिरहेको उनको भनाइ छ ।

उद्योगमन्त्री भण्डारीले भने,“औद्योगिक सम्पत्तिको सिर्जना र उपयोगका क्षेत्रमा युएसपिटिओको अनुभव, असल अभ्यास र सहकार्यबाट नेपालले पेटेन्ट, डिजाइन, ट्रेडमार्क लगायतका औद्योगिक सम्पत्तिको सिर्जना, विकास, संरक्षण र प्रवद्र्धनमा लाभ लिनसक्ने मैले विश्वास लिएको छु । यो सहकार्य सम्बन्धी सम्झौताले नेपालको बौद्धिक सम्पत्ति संरक्षण कार्यालय र त्यहाँ कार्यरत जनशक्तिको सीप तथा क्षमता अभिवृद्धि भई व्यापार तथा लगानीको वातावरण निर्माणमा थप इटा थप्ने कुरामा म विश्वस्त रहेको छु ।”

अमेरिकी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न पनि मन्त्री भण्डारीले आब्हान गरे । सो अवसरमा भिडेलले नेपाल सरकारसित सहकार्य गर्न युएसपिटिओ तयार रहेको बताए । साथै उनले नेपालमा लगानी बढाउने कुरामा अमेरिका सरकार सकारात्मक रहेको धारणा राखे ।

GBIME

प्रतिक्रिया दिनुहोस्