Shikhar Insurance
National Life

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन सर्वसम्वतले पारित

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सम्पन्न भएको हो ।

सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकामा सभाले सर्वसम्वत पारित गरेको छ । उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भएका छन्। सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८०/०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले नव निर्वाचित संचालक सदस्यहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्