काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसाय महासंघको अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख २४ हजार ४ सय रुपैयाँमा बजारमा कारोबार भएको छ ।
साथै, चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्