Shikhar Insurance
National Life

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार ०९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुब दाहाल खत्री,प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी ४ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनबाट अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए । श्रेष्ठले ५१ मत र अर्यालले २९ मत ल्याएर उपाध्यक्षमा चुनिए ।महासंघको वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत चयन भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै सचिवमा केदार बानियाँ र धर्मराज पोखरेलले उम्मेद्वारी परेको थियो । जस्मा ३० मत प्राप्त गर्दै धर्मराज पोखरेल निर्वाचित हुँदा बानियाँको पक्षमा २४ मत परेको थियो । कोषाध्यक्षमा पनि दुईजनाको उम्मेदवारी परेकोमा पूर्णप्रसाद रेग्मीले ४३ पाएर विजयी हुँदा राजकुमार न्यौपानेको पक्षमा ११ मत मात्र परेको थियो । महासंघको महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भए । श्रेष्ठ यस अघि महासंघको सचिव थिए । उनी सामान ढुवानी व्यवसायी संघ काठमाडौंको अध्यक्ष समेत हुन् ।

सह कोषाध्यक्ष पदमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए । पोख्रेल यस अघि कार्यसमिति सदस्य थिए । छैटौं महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजकहरु समेत सर्वसम्मत रुपमा चयन गरेको छ । निर्वाचित प्रदेश संयोजकहरुमा भोला पौडेल, कृष्णप्रसाद ढुंगेल ,सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल रहेका छन ।

साथै ९ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन । जसमा दिलिप अर्याल ,सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल , नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल रहेका छन ।

‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको साझा समस्याहरु समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघमा १८ वटा स्थानीय संस्थाहरु समेत आवद्ध रहेका छन् ।

निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचित भएसंगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरुमा अन्य यातायात महासंघ तथा संघहरुसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको कथन थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्