काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ मा पुगेको हो ।
आज ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ कारोबार भएको छ ।
आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.८३ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.२० प्रतिशत, युनियन हाईड्रोपावरको ४.६३ प्रतिशत सहित १८० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्