Shikhar Insurance
National Life

मानव अधिकारको संरक्षण र प्रवद्धर्न गर्न आयोग सचेत र सक्रिय छ: अध्यक्ष मगर

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १४:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्धर्न गर्न आयोग सचेततापूर्वक लागि रहेको बताएका छन् । आइतबार अध्यक्ष मगरले मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न आयोग सचेत र सक्रिय रहेको बताएका हुन् ।

उनले मानव अधिकार उल्लंघन हुन नदिन सबै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले सबैको मानव अधिकार संरक्षण र सुरक्षित हुनुपर्ने बताए । उनले मानव अधिकार उल्लंघनको सम्बन्धमा आयोगले सरकारलाई गरेका सिफारिसहरुमध्ये करिव १५ प्रतिशत पूर्ण कार्यान्वयन भएको र ३९ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएको बताए । बाँकी सिफारिसहरु कार्यान्वयनको अवस्थामा रहेको भन्दै त्यसनिम्ति सरकारलाई झक्झकाइ रहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, आयोगले मानव अधिकार उल्लंघनको विषयमा आएको उजुरीहरुको कारबाही गरिरहेको छ । हामीले मानव अधिकार उल्लंघन देखिएकोमा सरकारलाई सिफारिस पनि गरिराखिएको छ ।  हाम्रो सिफारिस कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो धारणा छ । आयोगले उजुरी आएको विषयमा हेरेर अनुसन्धान गर्ने हो, सरकारलाई सिफारिस गर्ने हो र त्यस्तो घटना कसरी रोक्न सकिन्छ भनेर सरकारलाई नीतिगत सिफारिस गर्ने हाम्रो अधिकारभित्र पर्छ ।

हाम्रो सिफारिस कार्यान्वयन नभएका होइनन् भएका छन् । १५ प्रतिशत पूर्ण कार्यान्वयन भएका छन् । ३९ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएका छन् । बाँकी कार्यान्वयनको अवस्थामा छ । सरकारले कार्यान्वयन गुर्नपर्छ भनेर यसतर्फ लागिराखेका छौँ । म आह्वान गर्न चाहन्छु, कुनैपनि मानव अधिकार उल्लंघनका घटनाहरु छन् भने आउनुस्, हामी सहकार्य गरेर अगाडी बढौँ । मानव अधिकार उल्लंघन हुन नपाओस् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्