काठमाडौं । कोका–कोलाले ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । चैत २ गते बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौं इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागमा कोका–कोलाले इतिहास रचेको हो ।
कोका–कोलाले ५ सय जनाभन्दा बढी सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिइएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।
कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भनिन्,”कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ । परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।”
यसबाहेक, कोका–कोलाले विश्वभरका फूड लभरहरूलाई मोहित गर्ने डम्प्लिङ डिश मोमोको साथमा छनौट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ । कोका–कोलाले ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वर्ल्ड रेकर्ड उपाधिले कोका–कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्