Shikhar Insurance
National Life

टोखामा आजदेखि ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’सुरु

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १४:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा आजदेखि ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ । पालिकाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो ।

उक्त अभियान टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सुरु गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वस्थ्य बनाउनका लागि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । “विगतका दिनमा नगरपालिकाले सुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिएका हौँ”,उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । पालिकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गरिसकेको उनले जानकारी दिए । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले उक्त अभियानका लागि टोखाले चालू आवमा ६५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

टोखाले उक्त अभियानलाई विगत चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आजदेखि सुरुवात गरिएको उनको भनाइ छ । उक्त अभियानलाई आगामी दिनमा टोखा–११ को सहरी स्वास्थ्य केन्द्रबाट पनि सुरु गरिने गरपालिकाले जनाएको छ । अभियानअन्तर्गत ज्येष्ठ नागरिकको ‘होलवडी’ चेकजाँच गरिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्