Shikhar Insurance
National Life

सरकारको खर्च ८ खर्ब नाघ्यो, आम्दानी भन्दा खर्च १ खर्ब ३८ अर्बले बढी

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार ०८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारको खर्च ८ खर्ब नाघेको छ । सरकारी खाताबाट चालु वर्षको ८ महिना ३ दिनमा ८ खर्ब ६ अर्ब ६४ करोड भुक्तानी भएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले विभिन्न शिर्षकमा ६ खर्ब ६७ अर्ब ८६ करोड रुपैयाँ प्राप्त गरेको छ । सरकारले राजस्व शिर्षकमा ६ खर्ब ४३ अर्ब ६ करोड प्राप्ति गरेको छ । यस्तै अन्य शिर्षकमा २२ अर्ब ४ करोड र अनुदान शिर्षकमा २ अर्ब ७५ लाख मात्रै प्राप्ति भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खर्चतर्फ चालु शिर्षकमा ५ खर्ब ८४ अर्ब ६१ करोड खर्च भएको छ । यस्तै वित्तिय व्यावस्थातर्फ १ खर्ब ३९ अर्ब ३७ करोड खर्च हुदाँ विकास खर्चतर्फ ८२ अर्ब ६५ करोड खर्च भएको छ ।

चालु वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्नेगरी बजेट निर्माण गरेको छ । यदि लक्ष्यअनुसार खर्च हुनका लागि अब चार महिनामा ९ खर्ब ४६ अर्ब खर्च गर्नुपर्ने हुन्छ । अर्थात अब प्रत्येक दिन ७ अर्ब ८६ करोड खर्च गर्नुपर्ने हुन्छ ।

राजस्वले साथ नदिदाँ सरकारसँग धेरै खर्च गर्ने ठाउँ छैन । यस्तै राजस्वतर्फ पनि सरकार लक्ष्यभन्दा निकै पछि परेको छ । अदि लक्ष्य अनुसार राजस्व संकलन गर्ने हो भने  चार महिनामा ७ खर्ब ७९ अर्ब ४४ करोड राजस्व उठ्नुपर्ने हुन्छ । लक्ष्य अनुसारको राजस्व संकलन गर्न सरकारले अब दैनिक साढे ६ अर्ब राजस्व संकलन गर्नुपर्ने हुन्छ । यो सम्भव हुने अवस्था छैन ।

अर्थ मन्त्रालयले नै अर्धवार्षिक समिक्षाबाट खर्च र राजस्वको लक्ष्य पुरा नहुने भनि स्वीकार गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्