Shikhar Insurance
National Life

आफैंले प्रधानमन्त्री अफर गरेको रवि लामिछानेप्रति किन आक्रामक छ ? नेपाली काँग्रेस

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले विस्वासको मत लिएपछि नेपाली काग्रेंस गृहमन्त्री रवि लामिछानेप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । शुक्रबार प्रतिनिधि सभामा गृहमन्त्रीको राजिनामा माग गर्दै काग्रेंसले संसद नै अवरुद्ध पारेको छ ।

गृहमन्त्रीको विषयमा काग्रेंसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ समेत माग गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन तोड्ने संकेत पाउनासाथै नेपाली काग्रेंस दाहाललाई रोक्न ठूलो प्रयास गरेको थियो । सो प्रयासको दौरानमा काग्रेंसका केहि नेताहरुले सभापति शेर बहादुर देउवाको सन्देश भन्दै लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

सो कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उप-सभापति स्वर्णिम वाग्लेले समेत स्वीकार गरेका छन् । उनले संसदमा गत बुधबार (फागुन ३० गते) संसदमा बोल्दै यहाँ त बाटोमा हिड्दा हिड्दै प्रधानमन्त्री बनाइदेलान् भन्ने जोखिम रहेको बताएका थिए ।

अहिले लामिछाने गृहमन्त्री बनेपछि ६०.७ किलो सुन तस्करीमा गठित छानविन समितिले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझ्दै लामिछानेले प्रतिवेदनको पुर्ण कार्यान्वयन गर्ने बताइसकेका छन् । यसले राजनीतिमा नयाँ तरगं ल्याएको छ । सत्ताधारी माओवादीकै उच्च तहका नेताहरु सुन तस्करीमा मुछिएपछि यसको अनुसन्धान अघि बढ्ने विषयले चर्चा पाइरहेको छ ।

गृहमन्त्री लामिछानेले सुन मात्रै नभई भुटानी शरणार्थी काण्डमा पनि सिआईबीले पुर्ण रुपमा छानविन नगरेकोले पुन: छानविन गर्ने योजना बनाएका छन् । स्रोतका अनुसार शरणार्थी र केहि नयाँ फाइल खुल्ने सूचना काग्रेंसकहाँ पुगेपछि रविमाथी आक्रमण सुरु भएको हो ।

शरणार्थी काण्डमा नेपाली काग्रेंसका नेताहरु आर्जु देउवा राणा र मञ्जु खाड समेत आरोपित छन् । यी व्यक्तिहरु पक्राउ पर्न सक्ने भन्दै काग्रेंसले संसद अवरुद्ध गर्न थालेको स्रोत बताउँछ । यसभन्दा अघिको अनुसन्धानमा पनि सिआइबीको अनुसन्धान आर्जु देउवा नजिक नै पुगिसकेको थियो । सभापति शेर बहादुर देउवाले ठूलो शक्ति प्रयोग गरी आर्जुलाई जोगाएका थिए ।

यो पटक प्रतिपक्षमा रहेको काग्रेंसलाई भुटानी शरणार्थीको फाइल पुन: खुले आर्जु जोगाउन निक्कै कठिन पर्नेछ । रविलाई यो कामका लागि नेकपा एमाले र माओवादी नेताहरुको समेत साथ रहनेछ ।

रविमाथी सहकारी, दोहोरो नागरिकता लगायत विषय निकालेर रोक्ने योजनामा काग्रेंस लागेको छ । यसो त लामिछाने विरुद्ध नेपाली काग्रेंसका नेता गगन थापा समेत कडा रुपमा प्रस्तुत भईरहेका छन् । थापाले लामिछाने माथी नै छानविन हुनुपर्ने माग गरिरहेका छन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्