Shikhar Insurance
National Life

नयाँ टिपर तथा मिनी टिपर दर्तामा ५० प्रतिशत छुट दिइने

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १५:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमती टिपर व्यवसायी संघले नयाँ टिपर तथा मिनी टिपरहरु दर्ता गर्दा छुट दिने निर्णय गरेको छ । बागमती टिपर व्यवसायी संघमा टिपर तथा मिनी टिपरहरु दर्ता गर्न छुट दिइने भएको हो । संघको फागुन २८ गते बसेको बैठकले यसरी दर्ता गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले जानकारी दिए ।

उनका अनुसार संघले सम्पुर्ण टिपर तथा मिनी ट्रक धनीहरुलाई संघमा दर्ताका लागि आउन आव्हान समेत गरेको छ । उनले अगामी चैत ३० गतेसम्म दर्ता गर्न सकिने जानकारी दिए । दर्तामा छुट गरेसँगै व्यवसायीहरुले टिपर दर्ता गर्दा सात हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै मिनी टिपर दर्तामा भने तीन हजार सात सय पचास रुपैयाँ तिर्नुपर्ने जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सडक सुरक्षा, व्यवसायीहरुको हक, हित संरक्षण, दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ २०६६ सालमा स्थापना भएको बागमती टिपर व्यवसायी संघमा हालसम्म टिपर र मिनी टिपर गरेर एक हजार भन्दा बढी संख्यामा दर्ता भएका छन् । अध्यक्ष खत्रीले अरनिको राजमार्ग भएर चल्ने टिपर तथा मिनी टिपरहरुलाई लक्षित गरेको यस्तो व्यवस्था गरिएको बताए ।

साथै अरनिको राजमार्ग भएर चल्ने टिपर तथा मिनी टिपरहरु संघमा आवद्ध नहुदा दुर्घटनाको दर बढदै गएको र दुर्घटनापछि उपचार लगायतमा घाइतेहरुले अनेकौं समस्याहरु भोग्नुपरेको अवस्थालाई मध्येनजर गर्दै दर्ताका लागि आव्हान गरिएको उनको भनाई छ ।

कतिपय टिपर तथा मिनी टिपरहरु दुर्घटनापछि भाग्ने गरेको र त्यसको दोष समेत बागमती टिपर व्यवसायी संघलाई लाग्ने गरेको भन्दै यस्ता समस्याहरुको समाधान गर्ने उद्देश्यले सो योजना अघि सारेको संघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्