Shikhar Insurance
National Life

सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन उपप्रधानमन्त्री यादवको अनुरोध

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १४:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन् । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन् ।

उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन् । उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेस र काठमाडौं उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख गरेका छन् । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ तथा काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“दादुरा–रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिलो यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा खोप लगाउँनुपर्दछ”, उनले बताए । उनले खोप सेवा विभिन्न खोप केन्द्रबाट प्रदान भइरहेको र खोप केन्द्र सञ्चालन हुने स्थान र मितिबारे स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोध गरेका छन् । उनले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यसप्रकारका कार्यक्रमको आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन स्थानीय तहको नेतृत्वदायी भूमिका अत्यन्तै प्रभावकारी हुने बताए ।

उपप्रधामन्त्री यादवले अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयका साथै प्रदेश तहमा रहेका सम्बद्ध मन्त्रालय र जिल्ला तथा स्थानीय तह र साझेदार सङ्घसंस्थाहरुसँग अनुरोध गरेका न् । गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा यही चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ ।

८० प्रतिशत बालबालिकाले खोप लगाए

खोप अभियानमार्फत करिब ८० प्रतिशत बालबालिकाले खोप लगाएका छन् । अहिलेसम्म करिब ४६ लाख ३७ हजार चार सय ६२ जना बालबालिकालाई खोप लगाइएको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाइँदै आइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्