Shikhar Insurance
National Life

सूर्यविनायकस्थित सिरुटार–बिरुवा सडक अनुगमन

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १२:५७
Hyundai
NCELL
NIMB

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित चारदोबाटो बिरुवा बसपार्क सडक निर्माणको अनुगमन गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक तथा योजनामन्त्री युवराज दुलालसहितको टोलीले आज अनुगमन एवं निरीक्षण गरेको हो ।

अनुगमन मन्त्री दुलाल, सङ्घीय सरकारका पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका सल्लाहकार डिबी ढकाल, प्रदेशसभा सदस्यद्वय किरण थापा, सकुन्तला श्रेष्ठ र वडाअध्यक्ष सानुकाजी कायस्थसहितको टोलीले गरेका हुन् । बागमती प्रदेश सरकारबाट विनियोजित १५ करोडको लागतमा ढल, फुटपाथ निर्माण, सडक विस्तार, स्तरोन्नति र कालोपत्र भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मध्यपुरथिमि नगरपालिका‐३ कौशलटारदेखि सूर्यविनायक नगरपालिका‐२ बालकोट र वडा नं १ सिरुटार–बिरुवा सडकखण्ड निर्माण, सडक विस्तार, स्तरोन्नतिका लागि गत वर्ष बहुवर्षे ठेक्का लागेको थियो । निर्माणको अन्तिम चरणमा रहेको उक्त सडकको अनुगमन गरेको बागमती प्रदेशसभा सदस्य किरण थापाले जानकारी दिए । अनुगमनमा मन्त्री दुलालले सडक निर्माण गुणस्तरीय र सम्झौता समयभित्रै सम्पन्न गर्न निर्देशन दिए । उनले गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै तीव्रगतिमा काम गर्न निर्देशन दिए ।

पूर्वमन्त्री बस्नेतले भक्तपुर विकासको निष्कर्षमा पुगेको र सिरुटार बिरुवा सडकले अब पूर्णता पाउने बताए । उनले समयमै गुणस्तरीय सडक निर्माण गर्ने कम्पनीले थप अवसर पाउने भएकाले काम छिटो र गुणस्तरीय गर्नुपर्ने बताए । गत वर्ष बालकोट र सिरुटारको सिमानामा रहेको पुलबाट ढल र फुटपाथसहितको सडक निर्माण सुरु भएको थियो । पहिलो चरणमा सिरुटारदेखि चारदोबाटोसम्म कालोपत्र सम्पन्न भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्