Shikhar Insurance
National Life

गृहमन्त्रीमाथि सांसद पौडेलको टिप्पणी-‘आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो’

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उनले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाएका हुन् ।

सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गरे । उनले भने,“आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन । उठेका सवालको जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद पौडेलले सहकारीपीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद पौडेलले उठाएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्