Shikhar Insurance
National Life

गोर्खाज फाइनान्सको साधारण सभा आज बस्दै, के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले २८ र २९ औं साधरण सभा आज बस्ने भएकाे छ । कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा चैत २ गते अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजे सभा बाेलाएकाे हाे ।

सभाले आव २०७८/७९ र २०७९/८० को संचालक समितिको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा संस्थाको प्रबन्धपत्रको दफा ४(थ) र दफा ५(घ) संसोधन गर्ने ।

साथै, संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक थपघट गर्न निर्देशन भएमा सो बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभा प्रयोजनार्थको लागि कम्पनीले फागुन १८ गतेदेखि चैत्र २ गतेसम्म बुक क्लोज गरेको छ । फागुन १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्