काठमाडौं । मोरङ्ग सुगर मिल्सले चैत २५ गते साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार सभा चैत २५ गते बिराटनगरस्थित बिग होटलमा हुने भएको हो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्नेछ । आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरुबारे छलफल गरी पारित गर्ने छ । आव २०८०/०८१ क लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने साथै कम्पनीमा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने कम्पनीको प्रस्ताव रहेको छ ।
सभामा सहभागि हुने सेयरधनीहरुले प्रवेशपत्र, सेयर प्रमाणपत्र अथवा नागरिताको प्रमाणपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने कम्पनीले जनाएको छ । मिल्सको सेयर दाखिला खारेज गर्ने काम चैत ११ गतेदेखि चैत २५ गतेसम्मको लागि बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस्