Shikhar Insurance
National Life

सानिमा जीआईसीले हकप्रद सेयर प्रस्ताव पारित गर्ने बाेलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा चैत २९ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ः०० बजेदेखि आव्हान गरेको हो ।

सभाले कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत बराबर ५० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवतरणमा छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आवमा भएको खर्चसहित संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्नुका साथै संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेका छन् ।

सभा प्रयोजनको लागि कम्पनीले चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साथै, चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्