Shikhar Insurance

बुटवल पावर कम्पनीको कारोबार ७६ करोड ९० लाख, गतवर्ष भन्दा घट्यो

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १८:४९
NIMB
Nabil Bank

काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेड (बीपीसीएल) ले ७६ करोड ९० लाखको व्यापार गरेको छ । कम्पनीले गतवर्ष भन्दा कम व्यापार गरेको हो ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेअनुसार कम्पनीले सन् २०२२ मा ७८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेकव थियो । यस्तै सन् २०२१ मा ९७ करोड १० लाखको व्यापार गरेको हो ।

Citizen Life
Kumar Bank

कम्पनी सन् १९६५ मा स्थापना भएको हो । हाल बिपिसिएलसँग १२ मेगावटको झिमरुक (जेएचसि) जलविद्युत योजना र ९.४ मेगावटको आँधीखोला जलविद्युत (एएचसि) को रहेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार चालु आर्थिक वर्ष २०२३ मा बिपिसिएलको व्यापारमा झिनो अंकले गिरावट देखिएको छ ।

कम्पनीमा नेपाल सरकारको ७.४२ प्रतिशत प्रत्यक्ष स्वामित्व र नेपाल विद्युत प्राधिकरणको ०.८६ प्रतिशत सेयर होल्डिङ रहेको छ । नेपालका ६ वटा व्यवसायिक घरानाहरुले अधिकांश सेयर होल्डिङ साङ्ग्रिला इनर्जी लिमिटेडमार्फत् लगानी गरेको छ ।

कम्पनीको कारोबार घटेपनि कम्पनीको ब्याज कभरेज रेसियो भने सामान्य अंकले बढेको छ । सन् २०२१ मा २६.०७ प्रतिशत ब्याज कभरेज रेसियो रहेकोमा २०२३ मा आईपुग्दा २६.३९ प्रतिशतमा पुगेको छ। कम्पनीले नेपालका ४ जिल्लामा विजुली वितरण गरिरहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्