Shikhar Insurance
National Life

आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि सुरु, विजेतालाई ५० हजार पुरस्कार

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपालको आयोजनमा हुने आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा आयोजकले जानकारी दिएका हुन् ।

प्रतियोगिता १८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको खेलहरू चैत्य फुटसल रिकृयसन सेन्टर सोल्टी मोडमा हुनेछ । यस्तै प्रतियोगिताको लागि राष्ट्रिय बाणिज्य बैंक लिमिटेड प्रायोजकको रुपमा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने २० हजार ट्रफी मेडल प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ता, गोलकिपर उत्कृष्ट, फियर प्ले टिमलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

६ लाख १५ हजार प्रतियोगिताको अनुमानित बजेट छ भने खेलमा सहभागि टिमलाई २० हजार प्रवेश शुल्क लाग्नेसमेत आयोजकले जनाएको छ ।
न्युज एजेन्सी नेपाल

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्