काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुराहरु पूरा नभए सरकारबाट बाहिरिन बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्रीले प्रतिवद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने जानकारी गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्