Shikhar Insurance
National Life

अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता हो : सांसद शर्मा

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्रोत, साधनहरुको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले हामीसँग भएको पर्याप्त स्रोत, साधनहरुको व्यवस्थापन गर्न नजान्दा अर्थतन्त्र संकुचनमा परेको बताएका हुन् ।

उनले स्रोत, साधनहरुको सही परिचालन, सही उपभोग र सही व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताए । उनले नेपालमा अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता भएको बताए । संरचना र संस्थाहरु बलियो बनाउनसके परिणाम निकाल्न सकिने उनको भनाइ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘अर्थतन्त्रको चुनौतीलाई सामना गर्दै नेपालको द्रुततर आर्थिक विकास कसरी सम्भव छ भन्ने प्रश्न नै हो । सबभन्दा पहिला त हाम्रो संरचना र संस्थाहरुलाई बलियो बनाउने प्रश्न नै प्रधान प्रश्न हो । कसरी हाम्रा संरचनाहरु बलिया बनाउन सक्छौँ ? संस्थाहरु बलिया बनाउन सक्छौँ ? भन्ने कुराबाट नै विषयलाई अगाडी बढाउनुपर्छ भन्ने मैले मान्यता राख्दछु । जब ति संरचना र संस्थाहरु बलिया हुन्छन्, त्यसले एउटा परिणाम दिने अवस्था सिर्जना हुनसक्छ ।’

उनले देशलाई समृद्ध बनाउनका लागि दश वटा एजेन्डाहरुमा राष्ट्रिय सहमति गर्नुपर्ने बताए । उनले एकले ल्याएको नीति र बजेट अर्कोले काट्ने गलत परम्पराबाट देश अगाडी बढ्न नसक्ने बताए । उनले राष्ट्रिय सहमतीका साथ अगाडी बढ्ने हो भने देशको समृद्धि सम्भव भएको उनको भनाइ रहेको छ ।

उनले भने, पक्ष र विपक्षको द्वन्द्वबाट नभएर १० वटा एजेन्डाहरुमा राष्ट्रको सहमती चाहिन्छ । यो सदनको सहमती चाहिन्छ । त्यो सहमती गरेर जाने हो भने हाम्रो देशलाई ५/१० वर्षमा समृद्ध देश बनाउन सक्छौँ । एकले गरेको राम्रो काम अर्कोले बिरोध गर्ने, एकले ल्याएको नीति अर्काले काट्ने, एकले ल्याएको बजेट अर्काले काट्ने जो परम्परा छ, यो गलत परम्पराबाट देश अगाडी बढ्न सक्दैन ।सहमतीको प्रक्रियाबाहेक द्वन्द्वको प्रक्रियाबाट राष्ट्र अगाडी बढ्न सक्दैन ।
न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्