काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीलाई आफूसँग अरु पनि प्रमाण भएको बताएकाले भन्दै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए ।
उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए । उनले आफूबिरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरुलाई जानकारी गराउनुपर्ने बताए । उनले दाग लागेका मन्त्रीहरुलाई सरकारमा राख्न नहुने बताए ।
उनले भने, संसदमा धेरै विषयहरु प्रवेश गरेका छन् । हामी हिजो सरकारमा हुँदा सरकारमा दाग लागेका मन्त्रीहरुलाई राख्नु हुँदैन भनेर तत्कालीन प्रमुख प्रतिपक्ष दलले भनेको थियो । अहिले त्यस्तै विषयमा सम्बन्धित भएर दाग लागेका मन्त्री र उपप्रधानमन्त्रीहरु अरु मन्त्रीहरु पनि छन् । त्यसमा प्रश्न उठ्नु स्वभाविक हो । उप प्रधानमन्त्रीजीकै बारेमा सहकारीको कुरा उठ्ला । अहिले सुनको कुरा पनि आएको छ । सुनको प्रतिवेदन आयोगले बुझाएको छ, त्यो प्रतिवेदन अहिले मान्य सदस्यहरुको हातमा आउनुपर्छ । त्यसमा छलफल गर्छौं । सिआईबीले छानबिन गर्दा उम्कनु नहुने मान्छेहरु उम्किए भन्ने थियो, तत्कालीन गृहसचिवको भूटानी शरणार्थी प्रकरणमा टेलिफोन हेर्ने काम गरेको थियो । तत्कालनि आइजी र एआईजीहरु पनि छन् सुन काण्डमा भन्ने आएको छ । कोको छन्, त्यो सम्पूर्ण रिपोर्ट आए की आएनन् त्यो हेर्नुपर्छ ।
उनले सुन तस्करी सम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरुलाई उपब्ध गराउन पनि माग गरे ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्