Shikhar Insurance
National Life

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न एमालेको आग्रह

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले पुनःलेखन गर्न आग्रह गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गरेकाेमा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउन उनको आग्रह रहेको छ ।

सिद्धान्त र प्राथमिकताले संविधानको प्रस्तावना बमोजिमको समाजवादोन्मुख अवधारणालाई महत्व दिन सकेको छैन । समाजवाद शब्दलाई नै जानबुझेर प्रयोग नगरी पुँजीवाद सोचमा लाने खालको देखिन्छ नेता पौडेलले भने उनले अर्थतन्त्रका सूचकहरू पनि सहीरूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा छ भनिएकोमा असन्तुष्टि व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्